Loading...
You are here:  Home  >  छापामा  >  Current Article

फ्रन्टलाइनका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी नै धमाधम कोरोना भाइरस सङ्क्रमणको चपेटामा

२६ साउन,   खबरमञ्च,   at 7:08 AM

By   /  August 10, 2020  /  Comments Off on फ्रन्टलाइनका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी नै धमाधम कोरोना भाइरस सङ्क्रमणको चपेटामा

    Print       Email

काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि फ्रन्टलाइनमा खटिएर सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै धमाधम संक्रमणको चपेटामा पर्न थालेका छन् ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि कतिपय ठाउँमा स्वास्थ्य संस्था बन्द गरिएका छन् भने तराईका केही स्वास्थ्य संस्थामा अत्याश्यक अन्य सेवा समेत अवरुद्ध भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८६ स्वास्थ्य संस्थामा कार्यरत दुई सय ४८ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । यो संख्या अझै बढी हुने मन्त्रालयकै आकलन छ । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना गरेर ६ सय ७५ सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

धेरै संक्रमित हुने स्वास्थ्यकर्मीमा डाक्टर, नर्स, अनमी छन् । केही उपचारकै क्रममा छन् भने केही निको भएर घर फर्किए पनि सेवामा जान सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार तराईका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक संक्रमित हुँदा डायलाइसिस, रेडियोलोजि, एनेस्थेसिया जस्ता महत्वपूर्ण सेवा पनि अवरुद्ध भएका छन् ।

गत ३० वैशाखमा नेपालमा पहिलोपटक कपिलवस्तुमा एक नर्समा संक्रमण देखिएको थियो । त्यसयता संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या क्रमशः बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले यही गतिमा स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गए स्वास्थ्य सेवा नै बन्द गर्नुपर्ने डरलाग्दो अवस्था आउन सक्ने बताए । ‘यही अवस्थामा स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने हो भने केही समयपछि स्वास्थ्य संस्थाहरू बन्द हुने स्थिति आउन सक्छ । त्यो भयावह अवस्थामा पुग्नबाट जोगिनुपर्नेछ, त्यसको विकल्प छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोनाका विरामीलाई दिइने औषधि फाभिपाइराभिर ट्याब्लेट नेपालमा नै उत्पादन शुरु

Read More →