
उदयपुर । प्रदेश नं १ को जिल्ला उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छन्।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेकी हुन्।
फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छिन्, ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु जनता सङ्ग माफी माग्न चाहन्छु । कालो कर्तुतहरुको विषयमा कार्यन्वयन हुँदैन। धिक्कार छ दुई तिहाई सरकार।’
तत्कालीन नेकपा एमालेबाट २०७४ को स्थानीय चुनावमा उनी निर्वाचित भएकी हुन्।