Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ?

४ वैशाख,   खबरमञ्च,   at 9:51 PM

By   /  April 17, 2021  /  Comments Off on फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ?

    Print       Email

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान १-१ रूपैयाँ मूल्य वृद्धि गरेको हो। शनिबार राती १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ।

योसँगै पेट्रोलको मूल्य १२१ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १०४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

यस्तै आन्तरिक तर्फको हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

खाना पकाउने ग्यास र अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अक्सिजनजन्य स्वास्थ्य सामाग्री आयात गर्न डलर सटहीमा लाग्ने सीमा हट्यो

Read More →