Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै

२७ मंसिर,   खबरमञ्च,   at 8:05 AM

By   /  December 13, 2022  /  Comments Off on फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै

    Print       Email

झापा । कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् ।

यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ ।

अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ ।

तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

खेलमा फर्किए सन्दीप, राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

Read More →