Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

फिफा वरियतामा नेपाल यथावत्

२९ जेठ,    at 6:46 PM

By   /  June 11, 2020  /  Comments Off on फिफा वरियतामा नेपाल यथावत्

    Print       Email

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा रहेको हो ।

गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८औँ स्थानमा रहेको छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भूटान १८९औँ स्थानमा रहदा बंगलादेश १८७ औँ, श्रीलङ्का २०६औँ तथा पाकिस्तान २००औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा भने बेल्जियम रहेको छ । त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौँ स्थानमा छ ।

त्यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौँ, स्पेन आठौँ, अर्जेन्टिना नवौ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर फुटबलका गतिविधि ठप्प भएको कारण वरियतामा खासै परिवर्तन भएको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना त्रासका बीच आजदेखि सुरु हुँदै आइपीएल

Read More →