
झापा। झापाको भद्रपुरमा रहेको मेची रङ्गशालामा प्रथम भद्रपुर गोल्ड कपको आयोजना हुने भएकाे छ।
भद्रपुर नगरपालिकाको संयोजनमा गोल्डकप प्रतियोगिता आयोजना हुन लागेको हो।
प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सोमबार नगरपालिकामा भएको भेलाले गोल्ड कप आयोजना गर्ने निर्णय गरेको हो। साथै भेलाले युवा उद्यमी दिपेश ढकालको संयोजकत्वमा प्रथम भद्रपुर गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समिति समेत गठन गरेको छ।
प्रतियोगिता फागुनको अन्तिम साता आयोजना गरिने बताइएको छ। मेची रंगशालामा २०६१ सालमा सञ्चालन त्रिभुवन गोल्ड कप आयोजना भएको थियो। त्यसपछि यो पहिलोपटक हुन लागेको ठूलो प्रतियोगिताको हो।