Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा

२ कात्तिक,   खबरमञ्च,   at 11:21 AM

By   /  October 20, 2022  /  Comments Off on प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा

    Print       Email

काठमाडौँ । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ ।

वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो ।

वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ ।

कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गएको तीन महिनामा विद्युत प्राधिकरणले कमायो साढे आठ अर्ब नाफा

Read More →