Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

प्रि-बजेट छलफलमा अर्थमन्त्री हराएपछि कड्किए राप्रपा सांसद लिङ्देन

३० वैशाख,   खबरमञ्च,   at 1:36 PM

By   /  May 12, 2020  /  Comments Off on प्रि-बजेट छलफलमा अर्थमन्त्री हराएपछि कड्किए राप्रपा सांसद लिङ्देन

    Print       Email

 

काठमाडौं । संघीय संसदमा प्रि बजेट छलफल चलिरहेको छ। र बजेटको छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्छ ।

तर प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रिबजेट छलफल चलिरहँदा अर्थमन्त्री युवराज अतिवडा हराएपछि सांसद कड्किनु परो ।

राप्रपाका एक्ला सांसद राजेन्द्र लिङ्गदेन प्रिबजेटका सम्बन्धमा छलफल गर्न रोष्टममा पुग्दा अर्थमन्त्रीलाई देखेनन् र अर्थमन्त्री नै नभएपछि कसले सुन्ने भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए।

उनले अर्थमन्त्री आएपछि मात्र आफ्ना कुरा राख्ने बताए । तर सभामुख अग्नि सापकोटाले अर्थमन्त्री संसद भवन भित्रै रहेको भन्दै आफ्ना कुरा राख्न भने ।

तर, उनले फेरि पनि अर्थमन्त्री खोजे। आफूले बोल्ने तर सुन्ने मान्छे नै नभएपछि कसरी जवाफ आउने र कर्मकाण्डका लागि किन छलफल गर्नु भन्दै प्रश्न उनले उठाए।

उनले अर्थमन्त्रीलाई बैठकमा उपस्थित हुन रुलिङको माग गरे। तर, सभामुखले उहाँ आउनुहुन्छ तपाईं अगाडि जानुस् भनेपछि उनले बोल्न थाले।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

Read More →