Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्राकृतिक प्रकोपले निम्त्याएकाे पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन्ः पूर्वराजा शाह

२९ असार,   खबरमञ्च,   at 7:15 PM

By   /  July 13, 2020  /  Comments Off on प्राकृतिक प्रकोपले निम्त्याएकाे पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन्ः पूर्वराजा शाह

    Print       Email

 

 पुर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिः

यो बर्षको बर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु ।

शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ ।

हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो, त्यसैले यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ।

प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने मेरो ईश्वरमा प्रार्थना छ । प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पिडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्दछु । जय नेपाल २०७७ साल असार २९ गते

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोनाले महामारीको रुप लिन थाल्यो, सतर्क रहौंः आन्तरिक मामिला मन्त्री कार्की

Read More →