Loading...
You are here:  Home  >  छापामा  >  Current Article

प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु

२५ फागुन,   खबरमञ्च,   at 8:01 AM

By   /  March 9, 2021  /  Comments Off on प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु

    Print       Email

काठमाडौँ । नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट कार्यान्वयनमा ल्याउने गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले अवरुद्ध प्रहरी समायोजनका लागि कानुनी तथा प्राविधिक रूपमा यसअघि नै बाटो खुला  भइसकेकाले समायोजन प्रक्रिया अब नलम्बिने बताए ।

“समायोजनको सुरुवाती चरणमा जनशक्ति समायोजन हुनेछ । यस सम्बन्धमा गृहकार्य सुरु भइसकेको  छ”,  उनले  भने,  “त्यसपछि अन्य  प्रक्रिया  चरणबद्ध  हुनेछन् ।

सरकारले यसअघि  प्रतिनिधि  सभा विघटन गरी निर्वाचन घोषणा  गरेसँगै  समायोजन  प्रक्रिया  रोकिएको थियाे ।  सर्वोच्च  अदालतबाट  प्रतिनिधि  सभा विघटनको निर्णय बदर भएसँगै निर्वाचन सुरक्षामा जुटेको प्रहरी समायोजन तयारीमा फर्किएको हो ।”

सरकारले   यसअघि मङ्सिरमा   प्रहरी समायोजनसम्बन्धी  सङ्गठन  तथा  व्यवस्थापन सर्वेक्षण स्वीकृत   र  समायोजनसम्बन्धी विधेयक  एक  वर्षअघि  नै  स्वीकृत  गरिसकेको छ ।   सर्वेक्षणले   केन्द्र   (सङ्घ)मा   प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक  (डीआईजी)को  नेतृत्वमा  प्रहरी रहने व्यवस्था गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नयाँ सरकार गठनका लागि कांग्रेसको गृहकार्य तीब्र, बन्लान् त देउवा प्रधानमन्त्री ?

Read More →