Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

प्रसूति गराउँदा बच्चाको मृत्यु, बिर्तामोडको मनमोहन अस्पताल तोडफोड

१८ भदौ,   खबरमञ्च,   at 7:38 PM

By   /  September 3, 2022  /  Comments Off on प्रसूति गराउँदा बच्चाको मृत्यु, बिर्तामोडको मनमोहन अस्पताल तोडफोड

    Print       Email

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं १५ की एक महिलालाई असुरक्षित प्रसूति गराएर बच्चाको मृत्यु भएपछि बिर्तामोडमा रहेको मनमोहन अस्पताल महिलाका आफन्तले शनिवार तोडफोड गरेका छन् ।

गर्भवती मेचीनगर १५ की बीना खनाललाई अदक्ष नर्स र सरसफाइका कर्मचारीले प्रसूति गराएको खनालका आफन्तले बताएका छन् ।

चिकित्सकको उपस्थिति बेगर जबरजस्ति जन्माएको बच्चाको मृत्यु भएपछि खनालका आफन्त तथा छरछिमेकीले मनमोहन अस्पताल शनिवार तोडफोड गरेका हुन् ।

गत भदौ १५ गते प्रसूतिका लागि बीना खनाल मनमोहन अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन बेलुका करिब ६ बजे अस्पताल प्रसूति विशेषज्ञ डा. एकराज गौतमको उपस्थिति बेगर नै उनलाई अदक्ष नर्स तथा सरसफाइका कर्मचारीले जबरजस्ति प्रसूति गराउँदा बच्चाको टाउकोमा गम्भीर असर परेकाले बच्चाको मृत्यु भएको बिरामीका आफन्तले बताए ।

बिरामी र बच्चाको अवस्था जटिल भएपछि डा. गौतम आएर प्रसूति गराएको बिरामीका आफन्तको आरोप छ । प्रसूति गराएपछि गम्भीर अवस्थामा रहेका बच्चालाई मनमोहनले बिएण्डसी अस्पताल रेफर गरेको भए पनि बच्चा बाँच्न नसकेको बीनाका दाजु बबिन खनालले बताए । 

मनमोहन अस्पतालका निर्देशक रोमनी भट्टराईले नर्मल डेलिभेरी गराउँदा जटिलता आएकाले बच्चाको मृत्यु भएको बताए । बिरामीका आफन्तले चिकित्सक बेगर प्रसूति गराउँदा घटना भएको बताइरहँदा भट्टराईले चिकित्सकले नै प्रसूति गराएको दाबी गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

Read More →