
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सरकारले ताेकेकै मितिमा मध्यावधि निर्वाचन हुने दाबी गरेका छन् ।
निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुख आयुक्त थपलियाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न अायाेग प्रतिबद्ध रहेकाे बताएका छन् । र निर्वाचनमा सक्रियतापूर्वक सहभागि हुन सबैमा अपिल समेत गरेका छन् ।
‘चुनावलाई आम सहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहनेमा आयोग छ,’ थपलियाले शुभकामना सन्देशमा भनेका छन् ।