Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्री देउवाको दोस्रो पटक कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ

२९ पुस,   खबरमञ्च,   at 8:02 PM

By   /  January 13, 2022  /  Comments Off on प्रधानमन्त्री देउवाको दोस्रो पटक कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ

    Print       Email

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सातामा दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गराएका थिए । अघिल्लो रिपोर्ट नेगेटिभ आए पनि उनले फेरि परीक्षण गराएका थिए । उनको दोस्रो रिपोर्ट पनि नेगेटिभ नै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बढिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री देउवा सहभागी भएका थिए । प्रचण्डलाई कोरोना संक्रमण भएर अहिले होम आइसोलेसनमा छन् भने त्यस लगत्तै प्रधानमन्त्रीको कोरोना जाँच गरिएको थियो ।

एक साता भित्र नेपालमा कोरोना संक्रमण उच्च गतिमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →