Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्री ओली भन्छन्, ‘मानव अस्तित्वका लागि बाघ जोगाउँ’

१४ साउन,   खबरमञ्च,   at 8:57 AM

By   /  July 29, 2020  /  Comments Off on प्रधानमन्त्री ओली भन्छन्, ‘मानव अस्तित्वका लागि बाघ जोगाउँ’

    Print       Email

काठमाडौं । बाघ नेपालको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको अस्तित्वका लागि पनि बाघ जोगाउनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय बाघ दिवस-२०२० उपलक्ष्यमा बुधबार बिहान भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बाघको लाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्त्व दुवै भएको बताएका हुन् ।

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलेले बाघको संख्या बढ्दै गर्दा मानवसँग द्वन्द्व बढ्न सक्ने सम्भावना पनि रहेको धारणा राखेका छन्।

भिडियाे सन्देशमा उनले भनेका छन्, ‘सकेसम्म बाघ र स्थानीय समुदायबीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुञ्जको व्यवस्थापन गर्नुपर्ने हुन्छ।’

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काँकडभिट्टासहितका १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने

Read More →