
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेका छन्।
सिंहदरबारस्थित परिषद्को कार्यालयमा ९ बजे बैठक डाकिएको हो। राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ।
खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका बेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ। देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ।
स्रोतका अनुसार संसद पुनःस्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कूटनीतिक वृत्तसँग छलफल गरिरहेका छन्।
संसद पुर्नस्थापना भए संकटकाल लगाउनेसम्मको तयारी प्रधानमन्त्रीको रहेको बताइएको छ। त्यसैले पनि सुरक्षा परिषदको बैठक बोलाइएको बुझिएको छ।