Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिँदै प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा पनि प्रदर्शन

१९ असार,   खबरमञ्च,   at 2:53 PM

By   /  July 3, 2020  /  Comments Off on सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिँदै प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा पनि प्रदर्शन

    Print       Email

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ ।

स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए ।

नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका नागरिकले जनताको अभिमतको मान्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा वक्ताले राखेका थिए । सूर्यविनायकमा शुरु भएको र्याली तथा प्रदर्शनमा विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नागरिकता विधेयक पारित गर, राजनीतिक स्थिरता कायम गर जस्ता नारा लगाइएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना जाेखिम बढ्दाे, अब राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Read More →