Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्रीले ‘रअ’का प्रमुखलाई भेट्नु आपत्तिजनकः भीम रावल

६ कार्तिक,   खबरमञ्च,   at 2:44 PM

By   /  October 22, 2020  /  Comments Off on प्रधानमन्त्रीले ‘रअ’का प्रमुखलाई भेट्नु आपत्तिजनकः भीम रावल

    Print       Email

काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई भेट्नु आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको टीप्पणी गरेका छन् ।

बिहीवार दिउँसो ट्वीट गर्दै नेता नेपालले प्रधानमन्त्री र गोयलबीचको भेटलाई कुटनीतिक मर्यादा विपरीत भनेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले यस्तो टीप्पणी गरेका हुन् ।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ’ उनले लेखेका छन्, ‘कुटनीतिक मर्यादा विपरीत छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा सचिवालय बैठक २ बजेलाई सर्‍यो

Read More →