Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

प्रधानमन्त्रीलाई पत्र लेख्दै नायिका शर्माले भनिन्ः ‘डर लाग्न थालेको छ’

२३ असाेज,   खबरमञ्च,   at 11:02 PM

By   /  October 9, 2020  /  Comments Off on प्रधानमन्त्रीलाई पत्र लेख्दै नायिका शर्माले भनिन्ः ‘डर लाग्न थालेको छ’

    Print       Email

काठमाडाैं । नायिका ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेकी छन् ।

पछिल्लाे समय बलात्कार लगायत महिलामाथि हुने हिंसाका घट्ना बढ्न थालेपछि नायिका शर्माले फेसबुकमा प्रधानमन्त्रीलाई सम्बाेधन गरेर लामाे पत्र लेखेकी छन् ।

उक्त  पत्रमा उनले पछिल्लाे समय आफू असुरक्षित महशुस गर्न थालेकाे र नारी भएर जन्मिएकाेमा डर लाग्न थालेकाे उल्लेख गरेकी छन् ।

उनको स्ट्याटसः

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ ।

मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।

जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ ।

यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझकी !

निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा थप दुईजना काेराेना संक्रमितकाे मृत्यु

Read More →