Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइनः नेपाली कांग्रेस

८ असोज,   खबरमञ्च,   at 7:25 PM

By   /  September 24, 2020  /  Comments Off on प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइनः नेपाली कांग्रेस

    Print       Email

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपाले पार्टीको सचिवालय बैठकमा संवैधानिक नियुक्तिको विषयलाई उठाउनु परिषदकै औचित्य समाप्त पार्ने षडयन्त्र भएको बताएका छन्।

‘संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरियो, अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा गरियो’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ।’

‘संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्रीलाई सजग गराउंदै सार्वजनिक रुपले अपील र आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्रीकाे ‘रअ’ प्रमुखसँगको भेटले राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ भयोः गगन थापा

Read More →