Loading...
You are here:  Home  >  छापामा  >  Current Article

प्रधानन्यायाधीश जबरालाई महान्यायाधिवक्ता कार्यालयको पनि ‘बहिष्कार’

८ पुस,   खबरमञ्च,   at 7:16 AM

By   /  December 23, 2021  /  Comments Off on प्रधानन्यायाधीश जबरालाई महान्यायाधिवक्ता कार्यालयको पनि ‘बहिष्कार’

    Print       Email

काठमाडौं । पदबाट बहिर्गमनको दबाब खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महान्यायाधिवक्ता कार्यालयले समेत औपचारिक कार्यक्रममा ‘बहिष्कार’ गरेको छ । नेपाल बार र सर्वोच्च अदालतबाटै जबराको राजीनामाको माग भइरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले स्थापना दिवसमा जबरालाई नबोलाउने निर्णय गरेको छ । 

महान्यायाधिवक्ता कार्यालयले बिहीबार आफ्नो ७१औँ स्थापना दिवस मनाउँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको छ । सामान्यतया हरेक वर्ष स्थापना दिवसमा प्रधानन्यायाधीशलाई अतिथि बनाउने गरिएको थियो । 

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नै प्रमुख अतिथिका रूपमा आउने भएपछि प्रधानन्यायाधीशलाई नबोलाइएको बताए । गत वर्ष प्रधानमन्त्री प्रमुख अतिथि हुँदा कार्यालयले प्रधानन्यायाधीशलाई पनि बोलाएको थियो । यसपालि प्रधानन्यायाधीशको सट्टा सर्वोच्चकै मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको छ । त्यस्तै, कानुनमन्त्री दिलेन्द्रकुमार बडू, राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक वैद्यनाथ उपाध्याय, मुख्यसचिव शंकरदास बैरागीलाई पनि विशेष अतिथि बनाइएको छ । नयाँ पत्रिकामा खबर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चुनावको मिति घोषणा भएसंगै दलहरू उत्साहित

Read More →