Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

प्रधानन्यायाधीशले दाेस्राे पटक आजका लागि बाेलाए न्याय सेवा आयाेगकाे बैठक

१४ माघ,   खबरमञ्च,   at 10:33 AM

By   /  January 28, 2022  /  Comments Off on प्रधानन्यायाधीशले दाेस्राे पटक आजका लागि बाेलाए न्याय सेवा आयाेगकाे बैठक

    Print       Email

काठमाडौं । नेपाल बार एसाेसियसनकाे लगातारकाे आन्दाेलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् ।  

यसअघि ६ पुसमा बाेलाइएकाे बैठक बस्दैनबसी स्थगित भएकाे थियाे । तर, नेपाल बारकाे असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसाे २ बजेका लागि बैठक बाेलाएका हुन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयाेगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा छन् । 

अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।  

खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजकाे बैठकको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मतगणनाको क्रममा विवाद हुँदा इलामको देउमाई नगरपालिकामा प्रहरीद्वारा हवाइ फायर

Read More →