Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश ५ अब लुम्बिनी प्रदेश, राजधानी दाङको राप्ती उपत्यका ‘देउखुरी’

२० असोज,   खबरमञ्च,   at 4:36 PM

By   /  October 6, 2020  /  Comments Off on प्रदेश ५ अब लुम्बिनी प्रदेश, राजधानी दाङको राप्ती उपत्यका ‘देउखुरी’

    Print       Email

बुटवल । प्रदेश गठन भएको ३ वर्ष पुग्न लाग्दा प्रदेश ५ ले आफ्नो नाम र राजधानीको टुंगो लगाएको छ।

मंगलवार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) रहने प्रस्ताव पारित गरेको हो।

प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेका थिए। सत्तारुढ दल नेकपाले प्रस्तावको पक्षमा र कांग्रेसले विपक्षमा मत हाल्न ह्वीप जारी गरेका थिए।

प्रतिपक्षी दल कूल मतभन्दा कम मत विपक्षमा परेकाले फ्लोर क्रस भएको देखिएको छ।

प्रस्ताव पारित भएपनि भौतिक संरचना निर्माण नहुँदासम्म प्रदेशको राजधानी बुटवल नै कायम रहनेछ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो।

प्रदेश सभा बैठकमा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पनि दुईतिहाइले पारित भएको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘रअ’ प्रमुख गाेयल माेदीकाे सन्देश लिएर नेपाल आएकाेे शंकर पाेखरेलकाेे दाबी

Read More →