Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश २ का कानून मन्त्रीलाई कोरोना पुष्टिः प्रधानमन्त्री, आईजीपिसँग भएको थियो भेट

२२ साउन,   खबरमञ्च,   at 12:33 PM

By   /  August 6, 2020  /  Comments Off on प्रदेश २ का कानून मन्त्रीलाई कोरोना पुष्टिः प्रधानमन्त्री, आईजीपिसँग भएको थियो भेट

    Print       Email

 

विर्तामोड । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएसँगै उनी अहिले मन्त्रालयको क्वाटरमै आइशोलेसना रहेका छन् र स्वास्थ्यमा पनि खासै समस्या आएको छैन । तर उनले पछिल्ला केही दिन यता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई भने सतर्क हुन भनेका छन् ।

यसैबीच कोरोना संक्रमण पुष्टि भएका प्रदेशका २ मा कानूनमन्त्रीले केही दिन अघिमात्र प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई भेट गरेको पाइएको छ ।

प्रहरीहरुको समायोजको विषयलाई लिएर केही समय अघि सातै प्रदेशका कानूनमन्त्री सम्मिलित छलफलमा उनी पनि थिए । उक्त छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानीरिक्षक शैलेश थापा, गृहसचिव लगायत उच्च पदस्थ व्यक्तिहरुको पनि उपस्थिति थियो ।

यो सँगै प्रधानमन्त्री लगायको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र कोरोना परिक्षण गर्नु पर्ने दवाब उठ्न थालेको छ ।

खबरमञ्चलाई प्राप्त जानकारी उनीहरु सबैको स्वाब संकलन गर्न दिने तयारी भइरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति भण्डारीले जारी गरिन् तेजाब आक्रमणका घटना नियन्त्रण गर्न बनेका दुई अध्यादेश

Read More →