
बिराटनगर । प्रदेश नम्बर १ को सरकार संसद बैठकमा उपस्थित नहुने भएको छ ।
आइतबार बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविस्वासको प्रस्ताव दर्तामाथि छलफल हुने कार्यसूची थियो । तर, सरकार नै सहभागी नहुने भएपछि बैठक अनिश्चित बनेको हो । मुख्यमन्त्री राईले बैठकमा सहभागी हुन नसक्ने जानकारी सभामुखलाई गराउने तयारी गरेको छ ।