
काठमाडौं । राष्ट्रिय टोलीले भरिएको साविक विजेता एपीएफ क्लबलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टोलीको उपाधि जितेको छ।
दाङमा भएको फाइनल खेलमा प्रदेश १ ले उपाधि चुमेको हो।
पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०५ रन बनाएको थियो। प्रदेश १ का लागि अप्सरा बेगमले ३४, काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले १८ रन बनाएकी थिइन्।
बलिङतर्फ एपीएफकी सीता राना मगरले तीन र करुणा भण्डारीले एक विकेट लिएकी थिइन्।
१ सय ६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्रै जोड्न सक्यो।
प्रतियोगिताको विजेता प्रदेश १ ले पाँच लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन्।