Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश १ मा पाँच हजार बढीको कोरोना भाइरस संक्रमणको परीक्षण

१३ बैशाख,   खबरमञ्च,   at 7:45 PM

By   /  April 25, 2020  /  Comments Off on प्रदेश १ मा पाँच हजार बढीको कोरोना भाइरस संक्रमणको परीक्षण

    Print       Email

विराटनगर । प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ ।

शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको छ ।

त्यस्तै ल्याबमा स्वाब लगेर परीक्षण गरिने विधि पीसीआरबाट ९ सय १४ जनाको कोरोना परीक्षणमा भएको छ । प्रदेश १ मा ३० जनालाई कोरोना संक्रमण भएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म १ हजार २ सय ४ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३१ जना छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारीकाे मात्र हाेइन, राष्ट्रपति र प्रधानमन्त्रीकाे पनि तलब कटाैति गरियाेस्ः संग्राैला

Read More →