Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

प्रदेश १ बजेटः सांसद विकास कोषको पैसा घट्यो, समानुपातिकको पैसा छैन

१ असार,   खबरमञ्च,   at 4:22 PM

By   /  June 15, 2020  /  Comments Off on प्रदेश १ बजेटः सांसद विकास कोषको पैसा घट्यो, समानुपातिकको पैसा छैन

    Print       Email

प्रदेश १ सरकारले प्रदेश सांसदहरुमार्फत खर्च गर्ने सांसद विकास कोषको पैसा घटाएको छ।

प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले सांसद विकास कोष भनेर चिनिने प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट घटाइएको बताए।

चालु आर्थिक वर्षमा प्रदेशका ५८ वटा निर्वाचन क्षेत्रको लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामि आर्थिक वर्षका लागि २ करोड छुट्याइएको छ।

चालु आर्थिक वर्षमा ९३ जना प्रदेशसभा सदस्यहरुमार्फत खर्च हुने ५० लाख रुपैयाँ दरको कार्यक्रम बजेट बक्तव्यमा समावेश छैन।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनचाँदीको मूल्य बढ्यो !

Read More →