Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश १ क्याबिनेटमा थपिए ४ मन्त्री र १ राज्यमन्त्री

३० भदौ,   खबरमञ्च,   at 10:02 PM

By   /  September 15, 2021  /  Comments Off on प्रदेश १ क्याबिनेटमा थपिए ४ मन्त्री र १ राज्यमन्त्री

    Print       Email

विराटनगर। प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । 

उनै पाँच मन्त्रीले सपथ लिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापाले सपथ लिएका छन् । 

यस्तै, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीले पनि सपथ लिएका छन् । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेस प्रदेश १ अधिवेशनः सभापतिमा गुरु घिमिरेले लिए अग्रता

Read More →