
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका दुई र एमालेका एक गरि थप तीन जना मन्त्री नियुक्त गरेका हुन्।
माओवादीबाट मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं तथा एमालेबाट सोलुखुम्बु १(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारी मन्त्री भएका हुन्।
प्रदेश १ मा मन्त्रीको संख्या सात पुगेको छ ।