Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

१ असार,   खबरमञ्च,   at 6:49 PM

By   /  June 15, 2022  /  Comments Off on प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

    Print       Email

बिराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान वचत फिर्ता २ अर्ब रहेको छ । बजेटको अनुमानित स्रोत प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान छ ।

राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने मन्त्री आङ्बोले बताए । चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको सरकारले करिब २१ प्रतिशत बृद्धि गरेर नयाँ बजेट ल्याएको हो ।

प्रदेश सरकारले सहिद परिवारको सम्मानमा आर्थिक सहयोगको घोषणा गरेको छ । बजेट बक्तव्य मार्फत १ लाखको दरले सहयोग उपलब्ध गराउने घोषणा गरिएको हो ।

बजेट बक्तव्यमा भनिएको छ ‘जनयुद्ध, मधेश आन्दोलन, आदिवासी आन्दोलनमा शहादत्त भएका सहिदहरुको सम्मानमा उहाँहरुको परिवारका सदस्यलाई जनही १ लाखका दरले रकम उपलब्ध गराइने छ ।’

यस्तै सरकारले द्वन्द्व पीडितका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निशुल्क उपचार गर्ने घोषणा पनि गरेको छ ।

प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश मातहतको अस्पतालहरूको स्तरउन्नती गरिने भएको छ । त्यसको लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री आङबोले जानकारी दिए ।

मोरङको उर्लाबारी ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर स्तरोन्नति गरिने भएको छ । त्यसको लागि २५ करोड रुपैयाँ बजटे विनियोजन गरिएको छ । चालु आर्थिक वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरमा सिटी स्क्यानसहितको सेवा प्रराम्भ गरिने भएको छ ।

झापाको मेची अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश अस्पताको लागि रुपमा विस्तार गरिनेछ । स्तरोन्नतीको लागि १८ करोड बजेट विनियोजन गरिएको छ । यसैगरि आर्थिक वर्ष कमल गाउँपालिकमा ५० शैय्याको आयुर्वेदिक अस्पताल निर्माण गरिने भएको छ । एक वडा एक बर्थिङ सेन्टरको लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आज राष्ट्रिय धान दिवसः धान/चामल आयातमा अर्बौं रकम बाहिरियो

Read More →