Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश १ को प्रदेश सभा बैठक दिउँसो १ बजे, यस्तो छ कार्यसूची

१३ चैत,   खबरमञ्च,   at 8:23 AM

By   /  March 27, 2022  /  Comments Off on प्रदेश १ को प्रदेश सभा बैठक दिउँसो १ बजे, यस्तो छ कार्यसूची

    Print       Email

विराटनगर। प्रदेश १ प्रदेश सभा बैठक आज पनि बस्दै छ । विराटनगरस्थित प्रदेश सभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । 

विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । 

बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामबिहीन छ । 

पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रदेशमा बलियो छ । प्रदेशको नामको रूपमा भने किरात, लिम्बुवान, सगरमाथा, कोसी, किरात–सगरमाथा, किरात–कोसी आएका छन् । 

प्रदेश संसद्मा रहेकामध्ये अधिकांश सांसद किरातसँग सगरमाथा र कोसी जोड्नुपर्ने पक्षमा छन् । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा २ ‘१’ बाट प्रदेश सभा सदस्यमा एमालेका एकराज कार्की निर्वाचित

Read More →