
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।
आइतबार बसेको प्रदेशसभा बेठकमा राईविरुद्ध इन्द्र आङ्बो प्रस्तावक र लछुमन तिवारी समर्थक रही अविश्वास प्रस्ताव पेश भएको हो।
आङ्बोले प्रतिनिधि सभा विघटन प्रतिगामी र संविधान विपरीत भएको बताउँदै नेकपा पनि विभाजित अवस्थामै रहेको बताए ।
पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर, सरकारे यसबारे लोकतान्त्रिक ढंगले छलफल गर्न अग्रसर नभएको आङ्बोले बताए ।
सभामुख भण्डारीले आङ्बोलाई अविश्वास प्रस्ताव पेस गर्न समय दिएका थिए ।
प्रतिनिधि सभा विघटन भएसँगै नेकपामा देखिएको विवादबीच दाहाल–नेपाल समूहका ३७ सांसदले राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
हस्ताक्षर गर्ने पाँचजना सांसदले प्रस्तावको पक्षमा आफू नभएको भन्दै प्रदेशसभा सचिवालयमा पुनः निवेदन दर्ता गराएका थिए । बैठकमा ओली पक्षका सांसद भने सहभागी भएनन् ।