Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश १ काे सभामुख चयन पुष २८ गर्ने सहमति

२४ पुस,   खबरमञ्च,   at 2:59 PM

By   /  January 8, 2023  /  Comments Off on प्रदेश १ काे सभामुख चयन पुष २८ गर्ने सहमति

    Print       Email

विराटनगर । प्रदेश १ को सभामुख निर्वाचन यही पुष २८ गते हुने भएको छ । आइतबार संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

उपसभामुखको निर्वाचन ३० गते गर्ने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ ।

सभामुख नेकपा माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन् ।

माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र सङ्खुवासभाका राजेन्द्र कार्कीले दाबी गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक विदा घटाउने तयारीमा प्रधानमन्त्री

Read More →