Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

प्रदेश नम्बर १ मा शनिवार ६१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

२४ साउन,   खबरमञ्च,   at 6:38 PM

By   /  August 8, 2020  /  Comments Off on प्रदेश नम्बर १ मा शनिवार ६१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

    Print       Email

विराटनगर । प्रदेश नम्बर १ मा शनिवार ६१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

संक्रमित हुनेहरुमा ४७ जना पुरूष र १४ जना महिला रहेका छन्।

शनिबार थपिने संक्रमितमा सबैभन्दा धेरै मोरङका ४८ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीका १०, मोहोत्तरीका २ र राजविराजका १ पुरूषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७३ पुगेको छ।

त्यसमध्ये ९०८ जना कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →