Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने

९ जेठ,   खबरमञ्च,   at 7:11 PM

By   /  May 22, 2020  /  Comments Off on प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने

    Print       Email

विराटनगर । प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण हुने भएको छ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गरेको छ।

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड—१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो। दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।

स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गीकरण समेत गरेको छ। उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ।

उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो। हाल प्रदेश १ मा चार हजार एक सय बढीको पीसीआर परीक्षण भइसकेको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना महामारीमा सार्वजनिक यातायातः ‘न स्यानिटाइजर, न दूरी, भाडामात्र बढी’

Read More →