Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश नं १ मा एक पत्रकारमा काेराेना पाेजिटिभ, झापा र माेरङका पत्रकारकाे पनि परिक्षण हुने

३ जेठ,   खबरमञ्च,   at 4:03 PM

By   /  May 16, 2020  /  Comments Off on प्रदेश नं १ मा एक पत्रकारमा काेराेना पाेजिटिभ, झापा र माेरङका पत्रकारकाे पनि परिक्षण हुने

    Print       Email

विराटनगर । प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत पत्रकारलाई स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए ।

उदयपुरको भुल्केमा केही दिन पहिले देखिएको कोरोना सङ्क्रमितको समाचार सङ्कलन गर्न उहाँ स्थलगत रिपोर्टिङ गर्न गएका थिए ।

उदयपुरमा २६ जना पत्रकारको स्वाब परीक्षण गरिएको छ भने आजदेखि मोरङ र झापाका पत्रकारको पनि स्वाब परीक्षण हुने अध्यक्ष लुइँटेलले जानकारी दिए । रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्णाली प्रदेशः अन्तरजातीय बिहेकाे विषयमा भएकाे घटनाकाे छानबिन गर्न उच्चस्तरीय समिति गठनकाे माग

Read More →