Loading...
You are here:  Home  >  छापामा  >  Current Article

प्रतिनिधि सभा विघटनको राजपत्रमा प्रकाशित सूचना माग भएपछि एकाएक हराए महान्यायाधिवक्ता

९ माघ,   खबरमञ्च,   at 7:39 AM

By   /  January 22, 2021  /  Comments Off on प्रतिनिधि सभा विघटनको राजपत्रमा प्रकाशित सूचना माग भएपछि एकाएक हराए महान्यायाधिवक्ता

    Print       Email

बिर्तामोड । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु हुनासाथ अधिवक्ता उभिए। बहस गर्ने ठाउँको दायाँपट्टि बसेर बहस सुनिरहने महान्याधिवक्ता अग्नि खरेल बिहीबार चिया ब्रेकपछि एकाएक हराए ।

चिया ब्रेकपछि जारी सनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधीवक्ताज्यू?’ भनेर सोध्दा उनी त्यहाँ थिएनन् । उनको साटो नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय उभिएर उपस्थिति जनाए ।

महान्यायाधिवक्ता सुनुवाइ छाडेर हिँड्नुअघि सर्वोच्च अदालतमा बहसका दौरान अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ?’ भनी प्रश्न गरेका थिए ।

प्रतिनिधिसभा विघटन भएको महिना दिनभन्दा बढी समयबित्दासमेत सरकारले राजपत्रमा त्यसको सूचना निकाल्न भुलेको थियो । प्रतिनिधिसभा विघटन भएको सूचना प्रधानमन्त्री कार्यालयले कानुन मन्त्रालय हुँदै मुद्रण विभागमा पठाएर राजपत्रमा सूचना निकाल्नुपर्ने हो तर सो सूचना राजपत्रमा नै नछापिएपछि सरकारी निकायहरुमा खैलाबैला मच्चिएको हो ।

राजपत्रको विषय इजलासमा उठेपछि गुपचुप ढंगले छापेर इजलासमा बुझाउने तयारी भएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाको स्वामित्वबारे फागुन २० गते सर्वोच्च अदालतले निर्णय सुनाउने

Read More →