Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

प्रतिनिधि सभा बैठकः विनियोजन विधेयक २०७९ बहुमतले पारित

२ असार,   खबरमञ्च,   at 6:53 PM

By   /  June 16, 2022  /  Comments Off on प्रतिनिधि सभा बैठकः विनियोजन विधेयक २०७९ बहुमतले पारित

    Print       Email

काठमाडौं । नेकपा एमालेका सांसदहरुको बहिष्कारकाबीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहरुले सदन बहिष्कार गरेका थिए।

त्यसलगतै प्रस्ताव पेश गर्दै अर्थमन्त्री शर्माले दुईपटक संसदको बिघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए।

बैठकले विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव समेत अस्वीकृत भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आज राष्ट्रिय धान दिवसः धान/चामल आयातमा अर्बौं रकम बाहिरियो

Read More →