
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थपना गर्ने फैसला सुनाएको छ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला सुनाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
मंगलबार गरिएको सर्वोच्चको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्। त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए।