
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन बदर गरेर सर्वाेच्च अदालतले संवैधानिक दायित्व पूरा गरेकाे बताएका छन् ।
मंगलबार साँझ ट्वीटमार्फत देउवाले विघटनकाे निर्णय उल्ट्याउने संवैधानिक इजलाशका सबै न्यायाधीशलाई धन्यवाद समेत दिएका छन् ।
उनले लेखेका छन्,’सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरु देखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ। ‘
उनले अगाडि लेखेका छन्,’संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु।’