
काठमाडाैं । विभाजित नेकपाकाे प्रचण्ड-नेपाल समूह प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको छ ।
उक्त समूहले उक्त निर्णय गर्दै घोषणा कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको र दर्ता पनि गरिएकाे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
प्रचण्ड-नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरलाई निलम्बन गरेका छन् ।
यस्तै संसदीय दलले भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरेकाे छ ।
दलको कुनै बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत काम गरेको अभियोग लगाउँदै उनीहरूलाई कारबाही गरिएको प्रदेशसभामा दर्ता भएको पत्रमा उल्लेख छ।
प्रचण्ड नेेपाल समूहले यसअघि मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता गरिसकेकाे छ ।