Loading...
You are here:  Home  >  समाज  >  Current Article

प्युठानमा जिप दुर्घटना, तीन जनाको मृत्यु

२३ कात्तिक,   खबरमञ्च,   at 7:56 AM

By   /  November 9, 2022  /  Comments Off on प्युठानमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    Print       Email

काठमाडौं । प्युठानको कुडापानीमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । 

प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु१ज ३७०७ नम्बरको फोर्स जिप गएराति प्युठान नगरपालिका–५  कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना हुँदा सोही वडाको पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेकोे  जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए ।

चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद के।एम। सामान्य घाइते रहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक स्थलबाट नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना

Read More →