
काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीविरुद्ध कांग्रेसले प्रतिरोध गर्ने भएको छ।
पौडेललाई तनहुँमा गरिएको व्यवहार सर्वसत्तावादको संकेतको रुपमा कांग्रेसले लिएको छ। सरकारको अधिनायकवादी आकांक्षाको जगमा पौडेल माथि दुर्व्यवहार भएको कांग्रेसको ठहर छ।
‘घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु,’ पार्टी सभापति शेरबहादुर देउवाले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ।
पुल उद्धघाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रहरी प्रशासनले नियन्त्रणमा लिएको थियो।