Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको भाउ रु‍. १९९ पुग्यो

2022/06/20,    at 12:23 AM

By   /  June 20, 2022  /  Comments Off on पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको भाउ रु‍. १९९ पुग्यो

    Print       Email

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आज राष्ट्रिय धान दिवसः धान/चामल आयातमा अर्बौं रकम बाहिरियो

Read More →