Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा त्रिचन्द्र कलेज अगाडी प्रदर्शनमा उत्रेका बिद्यार्थी र प्रहरीबीच झडप

६ असार,   खबरमञ्च,   at 7:55 PM

By   /  June 20, 2022  /  Comments Off on पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा त्रिचन्द्र कलेज अगाडी प्रदर्शनमा उत्रेका बिद्यार्थी र प्रहरीबीच झडप

    Print       Email

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको त्रिचन्द्र कलेज अगाडी प्रदर्शनमा उत्रेका बिद्याथी र प्रहरीबीच झडप भएको छ ।

मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेर बहादुर देउवा र उद्योगमन्त्री दिलेन्द्र बडुको पुतला दहन गर्ने क्रममा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि बिद्यार्थीहरुले ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन लाठीचार्ज र केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।

सो क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरीको एउटा भ्यानमा क्षति पुगेको छ ।

सरकारले गएराति पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा २७-२७ रुपैयाँ मूल्यवृद्धि गरेपछि बिद्यार्थीहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →