Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

पेचिलो बन्दै एमाले विवादः माधव नेपाललाई देशद्रोही भन्दै ओलीले भने-पार्टीमा कुनै ठाउँ छैन

१६ साउन,   खबरमञ्च,   at 2:25 PM

By   /  July 31, 2021  /  Comments Off on पेचिलो बन्दै एमाले विवादः माधव नेपाललाई देशद्रोही भन्दै ओलीले भने-पार्टीमा कुनै ठाउँ छैन

    Print       Email

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिएका छन् ।

एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन,’ ओलीले भने, वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’

ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको भन्दै प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाए ।

एमाले विवाद समाधानका लागि प्रयास भइरहेको भन्दै पछिल्लो समय नरम बनेका ओली एकाएक कडा रुपमा प्रस्तुत हुँदा धेरैले एकता कठिन मोडमा पुगेको आँकलन गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपा एमालेः राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि के-के सुझाव आए ?

Read More →