Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

पूर्वाञ्चल विश्वविद्यालयका राेकिएका परीक्षा असाेज पहिलाे सातादेखि

१६ भदाै,   खबरमञ्च,   at 11:11 AM

By   /  September 1, 2020  /  Comments Off on पूर्वाञ्चल विश्वविद्यालयका राेकिएका परीक्षा असाेज पहिलाे सातादेखि

    Print       Email

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले काेराेना संक्रमणकाे त्रासका कारण स्थगित भएका परीक्षाहरु असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले जारी गरेकाे सूचना अनुसार स्नातक र स्नातकोत्तर तह अन्तर्गतका सेमेस्टार प्रणालीका नियमित तर्फका परीक्षाहरू वैकल्पिक विधिबाट सञ्चालन हुनेछन्। तर आंशिक र वार्षिक परीक्षाहरुका सम्बन्धमा भने पछि निर्णय हुने जनाइएकाे छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले जारि गरेकाे सूचनामा ‍ वैकल्पिक विधि अन्तर्गत ‘टाइम बाउण्ड होम बेस्ड’ पद्धति अपनाइने उल्लेख गरिएको छ ।

यसबाहेक विश्वविद्यालयले आफू मातहत विद्यार्थीहरुलाई अध्ययनरत क्याम्पसमा सम्पर्क गर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भद्रपुरका दुई विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई लायन्स क्लब अफ बालाजुकाे छात्रवृत्ति

Read More →