Loading...
You are here:  Home  >  अपराध  >  Current Article

पूर्वसचिवपत्नीको आफ्नै घरमा रहस्यमयी हत्या, आशंका गरिएका कामदार पनि झुण्डिएको अवस्थामा फेला

२७ माघ,   खबरमञ्च,   at 5:15 PM

By   /  February 10, 2020  /  Comments Off on पूर्वसचिवपत्नीको आफ्नै घरमा रहस्यमयी हत्या, आशंका गरिएका कामदार पनि झुण्डिएको अवस्थामा फेला

    Print       Email

 

काठमाडौं। पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने कामदारबाट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पूर्वसचिव कार्कीकी श्रीमती मुना कार्की विहान अचेत अवस्थामा फेला परेकी थिइन् भने प्रहरीले आशंका गरेका भनिएका कामदार विजय चौधरी आफै झुण्डिएको अवस्थामा भेटिएका थिए ।

सानैदेखि कार्कीको घरमा बस्दै आएका चौधरीले पहिला मुनालाई पीर्काले हिर्काएको र पछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले प्राप्त गरेको सिसीटिभि फुटेजमा पनि चौधरीले कार्कीलाई पिटेको र घिसारेर लगेको भेटिएको अनुसन्धानमा संलग्न प्रहरीका एक उच्च अधिकारीले खबरमञ्चलाई बताए ।

अचेत अवस्थामा फेला परेकी कार्कीलाई श्रीमानले सानेपाकै स्टार अस्पतालमा लगेका थिए । त्यस लगत्तै अस्पतालले मृत घोषित गरेको थियो ।

तर प्रहरीले कार्कीको हत्यामा चौधरीकै संलग्नताको आशंका गरेपनि चौधरीको आत्महत्याका बारेमा भने अझै केही पत्ता नलागेको बताएको छ । घट्नाका सम्बन्धमा बिस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा गाउँपालिकामा सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित ब्राउनसुगर बरामद

Read More →