Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

पूर्वराजा शाहले याे वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

१ कार्तिक,   खबरमञ्च,   at 2:11 PM

By   /  October 17, 2020  /  Comments Off on पूर्वराजा शाहले याे वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

    Print       Email

काठमाडौं । हरेक वर्ष वडादशैंका दिन अतिविशिष्ट व्यक्तिहरुले सर्वासाधारण तथा शुभेच्छुकलाई टीका लगाइदिँदै आएकाेमा यसवर्ष भने उक्त श्रृङ्खला राेकिने भएकाे छ ।

कोरोना भाइरसको संक्रमणकाे ग्राफ बढिरहेकाे र जाेखिम बढेकाे भन्दै याे वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह सर्वसाधारणलाई टीका नलगाइदिने जनाएका छन् ।

यतिमात्र हाेइन पूर्वाराजा शाहले अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् । पूर्वराजा सहयोगी फणीराज पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सेनाध्यक्षकाे नेपाल भ्रमणको मिति तय, सीमा रक्षा र सुरक्षा मुख्य एजेण्डा

Read More →