Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

पुरक बजेट आउँदैनः अर्थमन्त्री खतिवडा

३१ बैशाख,   खबरमञ्च,   at 6:04 PM

By   /  May 13, 2020  /  Comments Off on पुरक बजेट आउँदैनः अर्थमन्त्री खतिवडा

    Print       Email

काठमाडौं । अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले चर्चा भए जस्तो पुरक बजेट नआउने बताएका छन्।

विनियाेजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथिकाे छलफलमा उठेका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री खतिवडाले प्रतिपक्षी दलका सांसदहरुले जस्तो पुरक बजेट ल्याउने संभावना नरहेको बताए।

परिस्थिति जस्ताे भएपनि आर्थिक वर्षकाे सुरुवातमै अर्धबजेट ल्याउन नसकिने उनले बताए।

कांग्रेस सांसद मिनेन्द्र रिजाललगायत सांसदले काेराेना भाइरसको संक्रमणले अर्थतन्त्रमा पुर्याएकाे क्षति अनुमान गर्न तत्काल असम्भव रहेकाे भन्दै हाल पुरक बजेट मात्र ल्याउन सुझाव दिएका थिए ।

मन्त्री खतिवडाले काेराेनाकाे महामारीसँग जुधिरहेकाे भएपनि आर्थिक संमृद्धिको नारालाई यथार्थमा उतार्न सरकारले कुनै कसर बाँकी नराख्ने र साेही अनुसार बजेट ल्याउने पनि दाबी गरे ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रुकुम घट्ना जातीय छुवाछुत र भेदभावको कुरुप र भद्दा दृश्यः राजेन्द्र लिङदेन

Read More →